होटल व्यवशायि सघ नवलपरासीलाई एम्बुलेन्स

विवेक भण्डारी
नवलपरासी,साउन ७,रुपन्देहीमा रहेको गुरासँ डिष्टिलरी प्रा लीले होटल व्यवशायी संघ नवलपरासीलाई एम्बुलेन्स खरिदका लागि पहिलो किस्ता बापत रु ८लाख ११ हजार १ सय ११ प्रदान गरेको छ । जिल्लामा रहेका सर्वसाधारण लाई उपचारमा तत्काल पहुच पु¥याउने उद्देश्यले सो रकम एम्बुलेन्स खरिद बापत रकम हस्तान्तरण गरेको हो । होटल व्यवशायि सघ नवलपरासीले शुक्रवार रजहरमा पत्रकार सम्मेलन गदै सो कुराको जानकारी गराएको छ ।
यस अघि गुरासँ डिस्टीलरी प्रालिले लुम्बीनि अञ्चलका ५ वटा जिल्लामा एम्बुलेन्स खरिद बापत रकम हस्तान्तरण गरि सकेको र नवलपरासी जिल्लालाई पनि रकम हस्तान्तरण गरेको हो । पत्रकार सम्मेलनमा होटल व्यवशायि संघ नवलपरासीका अध्यक्ष गौरी शंकर न्यौपानेले गुरासँ डिस्टीलरी प्रालि र नवलपुर होटल व्यवशायि संघले साझेदारीमा एमबुलेन्स संञ्चालन गरी जनस्वास्थ्यमा सकारात्म कार्य गर्ने बताउनुभयो । न्यौपानेको अध्यक्षतामा आयोजना भएको पत्रकार सम्मेलनमा गुरासँ डिस्टीलरी प्रालिका प्रोपाइटर तुलसी राम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया