होटल सञ्चालक कै संलग्नतामा राउटे दुई युवतिलाई मदिरा खुवाएर भिडियो बनाउने ३ पक्राउ

नवलपुर , जेठ २३ ।
होटल संचालकले राउटे समुदायका युवतीमाथि दुव्यवहार गरि भिडियो बनाएपछि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतमा मदिरा खुवाएर लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरि भिडियो बनाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक गरेका थिए ।
यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनु भयो । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका ९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढा रहेका छन् ।
पुन होटल सञ्चालक हुन् । उनको होटलमा उनीसहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्धनग्न भएर भिडिओ बनाएका थिए । उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन् । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन् ।
तपाइँको प्रतिक्रिया