ह्याप्पीनेश पाठ्यक्रम र ह्याप्पी लर्निङ्ग सम्बन्धमा मध्यविन्दु नगर भित्रका विद्यालयका प्रधानाध्यापकहरुलाई तालिम प्रदान

नवलपुरको मध्यविन्दु नगरपालिकाले ह्याप्पीनेश पाठ्यक्रम र ह्याप्पी लर्निङ्ग सम्बन्धमा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई तालिम प्रदान गरेको छ । पछिल्लो समयमा शिक्षण सिकाईमा चर्चामा रहेको ह्याप्पीनेश करिकुलमको बारेमा औपचारिक रुपमा छलफल र तालिमको मध्यविन्दु नगरपालिकाले शुरुवात गरेको हो ।
माघ ७, ८ र ९ गते सञ्चालित तालिममा मध्यविन्दु नगरपालिका भित्रका संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । तालिममा भारतको दिल्लीमा ह्याप्पीनेश करिकुलम डिजाईनरको रुपमा कार्य गर्नु भएका श्रवणकुमार शुक्लाले प्रशिक्षण गर्नुभयो । उहाँले मानिस अन्य जिव भन्दा कुन अर्थमा फरक छ ?, मानिस भित्रको चेतना, भावना र परिकल्पनाहरु कसरी प्रकट गराउन सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नुभयो ।
तिन दिन सम्म सञ्चालित तालिममा मध्यविन्दु नगरपालिका नगर प्रमुख समेत सहभागी हुनुहुन्थ्यो । तालिमको समापन कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिकाको समग्र शिक्षाको बिकास आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । विगत कै जस्तै शिक्षण पद्धति, सोही अनुसारको जनशक्ति उत्पादन भन्दा पनि अब संस्कार सहितको विद्यार्थी कसरी उत्पादन गर्न सकिन्छ भन्नेमा सबैको चिन्ता आवश्यक रहेको बताउनुभयो ।
तालिममा सहभागी ज्ञानोदय माध्यामिक विद्यालय मध्यविन्दु १५ का प्रधानाध्यापक टोक बहादुर सुनारी विगतमा प्रतिपादन भएका दर्शन र पद्धतिले हामीलाई नियममा बाध्ने मात्रै काम गरेको भन्दै मानिस भित्रको भावना, परिकल्पना, सोचको कारण मानिस अन्य प्राणी वा र्निजिव भन्दा फकर हो भन्ने सिकाई प्राप्त भएको बताउनुभयो ।
शिक्षण सिकाईको अवस्था सुधारमा महत्वपूर्ण मानिएको ह्याप्पीनेश करिकुलम कार्यान्वयनको लागि पहिलो खुट्कीलोको रुपमा तालिम भएको भन्दै क्रमश यसलाई लागु गर्दै लैजाने मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको भनाई छ ।
तपाइँको प्रतिक्रिया