ह्विल चियर बितरण

पुरुषोत्तम सुवेदी ३०,स्थानिय विकास मन्त्रालय अन्तर्गत पिछडा बर्ग महासंघले नवलपरासीमा अपाङ्गलाई लक्षित गरी ह्विल चियर बितरण गरेको छ । निर्वाचन क्षेत्र न. ६ का २५ जना अपाङ्ग महिला पुरुषहरुलाई सांसद देवकरण कलवारले ह्विल चियर बितरण गर्नुभएको थियो । ह्विल चियर प्राप्त गरेपछि सरकारले ढिलैभएपनि आफुहरुलाई सहयोग गरेको प्रति अपाङ्गहरुले खुसी ब्यक्त गरेका थिए । सो अवसरमा महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र मौर्यले देशभरी अपाङ्ग बर्ग सहित पिछडा बर्गको समुदायलाई लक्षीत गरी आय आर्जन मुखी तालीम संचालन गर्दै आएको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया