१२ जनाकाे शव र २४ जना कामदार लिएर काबुलबाट अाएकाे विमान काठमाडाैं अवतरण

काठमाडौं,असार ८-
अफगानिस्तानको काबुलमा सोमबार भएको आतंकवादी हमलामा मृत्यु भएका १२ नेपालीको शव नेपाल ल्याइएको छ ।
सरकारले नेपाल एअरलायन्सको विमान चार्टर गरेर ती नेपालीको शव ल्याएको हो । शवसँगै अफगानिस्तानमा रोजगारी गरिरहेका अन्य २४ कामदारलाई समेत नेपाल आएका छन् । उनीहरु अफागानिस्तानमा नेपाली असुरक्षीत रहेको भन्दै सोही विमानमार्फत नेपाल आएका हुन् ।
तपाइँको प्रतिक्रिया