१३औँ चितवन महोत्सव- पुस २५ देखि माघ ४ गतेसम्म

चितवन, ३ मंसिर ।
२०७७ सालमा संचालन हुन नसकेको चितवन महोत्सव यो वर्षबाट हुने भएको छ । शुक्रबार भरतपुरमा पत्रकार संम्मेलन गर्दै पुस २५ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुने शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरि औपचारिक रुपमा जानकारी गराईएको हो । यसवर्ष हुन लागेको १३औं संस्करणको चितवन महोत्सव आन्तरिक तथा बाह्य पर्यटनमा केन्द्रित हुने छ । ०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो। हरेक दुई–दुई वर्षमा महोत्सव हुँदै आएको थियो । ०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो। उद्योग वाणिज्य संघ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन्।
महोत्सवमा पर्यटनसंग सम्बन्धित गतिविधिहरु संचालन गरिने र त्यसका लागि आवश्यक छलफल भइरहेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । कोभिड–१९ का कारण गत वर्ष हुनुपर्ने महोत्वस रोकिएको थियो । त्यसैले यसवर्षको महोत्सवले व्यवसायिक क्रियाकलाप भन्दा पनि कोभिड–१९ का कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी व्यवसायी र आमसर्वसाधरणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्नेमा आशाबादी रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
यसवर्षको महोत्सवमा ४ वटा विशेष स्टल र डोमसहित ३५० वटा स्टलहरु रहने छन् । ती सबै स्टलको बिमा गरिने छ । लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामग्री, पोल्ट्रि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, बैंक तथा वित्तिय संस्थाहरु, रेष्टुरेन्टलगायत जनजातिको रहनसहन झल्किने घरहरु महोत्सवमा हुनेछन् ।
यस्तै महोत्सवको अवधिमा फुड फेष्टिबल र विभिन्न क्षेत्रको आर्थिक विकासका सम्भावनामा केन्द्रीत रहेर दैनिक सेमिनार र गोष्ठीहरु हुनेछन् । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ भने २५ करोड भन्दा माथिको कारोबार हुने संघले अनुमान गरेको छ । महोत्वमा जेष्ठ नागरिक, एक महिला, शहिद परिवार र अपांगहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । नेपालमा कोभिडको संक्रमण दर घट्दै गएकाले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रिया