१३ औं जितिया कप फुटवल प्रतियोगिताको शनिबार भएको खेलमा लोसेधारा युवा क्लब विजयी

चितवन । ६ असोज
१३ औं जितिया कप नकआउट फुटवल प्रतियोगिताको शनिबार भएको खेलमा लोसेधारा युवा क्लब, विजयी भएको छ । छिपेनी युवा क्लब र लोसेधारा युवा क्लब . बिच भएको खेलमा लोसेधारा युवा क्लबले २–१गोल अन्तरले विजयी भएको हो । थारु महिलाहरुको महान् पर्व जितियाको पावन अवसरमा, गत भाद्र २३ गतेदेखि १३ औं जिल्ला स्तरिय जितिया कप फुटबल प्रतियोगिता गैँडाकोट–१२ मा सुरु भएको हो । खेल वडा नं १२ को मालपुर खेल मैदानमा जारी रहेको छ । जारीखेलमा प्रथम हुने समुहलाई ५५ हजार नगद सहित सिल्ड र प्रमाणपत्र यस्तै द्धित्तिय हुने समुहलाई नगद रु. ३० हजार सहित सिल्ड र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । यस्तै धेरै गोल हाल्ने खेलाडी र उत्कृष्ट खेलाडी लाई समेत पुरस्कृत गरिने आयोजकको जानकारी दिएको छ । थारु समुदायका युवाहरु बिच प्रतिष्पर्धा हुने खेलकुद प्रतियोगिता आगामी असोज २५ गते समापन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कुल ३२ वटा समुहको सहभागिता रहेको छ । आईतबार आयोजक क्लब युनिक युनिटी युथ क्लब र देवचुली नगरपालिका १ बीच खेल हुने आयोजकले बताएको छ ।
तपाइँको प्रतिक्रिया