१३ औं महाधिवेशनलाई नीतिप्रधान बनाउनुपर्ने : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेताहरुले पार्टीको १३ औं महाधिवेशनलाई नीतिप्रधान बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल विद्यार्थी संघ पत्रकारिता समन्वय समितिले शुक्रबार गरेको अन्तरक्रियामा बोल्दै कांग्रेस नेताहरुले पार्टी नेतामुखी बन्दै गएकाले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टी उपसभापति रामचन्द्र पौडेलले नीति र नेतृत्व एक–अर्काका परिपूरक भएको भन्दै जसले नीति तथा कार्यक्रम लेख्छ, उसैले नेतृत्व पाउनुपर्ने दाबी गर्नुभयो । उहाले नीतिको महाधिवेशन र नेतृत्व चयनको महाधिवेशनका बिषयमा पार्टीमा बिस्तृत छलफल हुनुपर्ने धारणा पनि राख्नुभयो । उहाले आफ्नो कुरा जनतामा लैजान नसक्दा तराईका क्षेत्रमा अप्ठेरो अबस्था आएको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान नेतृत्वबाट अब कांग्रेस अघि बढ्न नसक्ने भन्दै पार्टी पदाधिकारी बढाउने कुरा मान्य नहुने बताउनुभयो । कार्यक्रममा कांग्रेस युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउदलगायतले १३औं महाधिवेशनबाट आमजनताले नयाँ नेतृत्वमात्र नभइ नयाँ नीतिसमेत पाउनुपर्ने धारणा राखेका थिए ।
तपाइँको प्रतिक्रिया