१४ जिल्लामा कोभिड संक्रमणमा वृद्धि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

२ असार ।
मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ ।बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले यस्तो जानकारी दिनु भएको हो । उहाँका अनुसार पछिल्ला १४ दिनमा ती जिल्लामा भाइरस संक्रमण बढेको छ ।
प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमणमा वृद्धि भएको हो
संक्रमण वृद्धि भएका जिल्लामा उच्च सतर्कता अपनाउन मन्त्रालयले अपिल पनि गरेको छ । अन्य जिल्लामा भने संक्रमण ओरालो लागेको मन्त्रालयले जनाएको छ । ४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया