१६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

काठमाण्डौं, असोज ०६
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा असोज ११ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
बाँकी ८८ निर्वाचन क्षेत्रमा न्याय सेवा आयोगको सिफारिसमा नेपाल न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिनुभयो ।
१६५ वटै निर्वाचन क्षेत्रमा आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया