१९ वर्षदेखिका फरार अभियुक्त प्रहरीद्धारा पक्राउ

पुरुषोत्तम सुबेदी,नवलपरासी, १० कार्तिक । १९ वर्षदेखि फरार रहेको अभियुक्तलाई ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले पक्राउ गरि मगंलबार जिल्ला अदालत पठाएको छ । जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतले ४ वर्षको कैद फैसला सुनाएको फरार सुनवल ७ बस्ने अभियुक्त विष्णु न्यौपानेलाई उसकै घरबाट प्रहरीले पक्राउ गरि जिल्ला अदालत पठाएको हो । २०५३ सालमा बलात्कार केशमा संलगन ३ जना फरार अभियुक्त मध्ये न्यौपाने, दशै मान्न घर फर्केको मौका छोपी प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी निरिक्षक प्रकाश दहालले बताउनु भयो । बलात्कार केशमा संलग्न ६ जनामध्ये ३ जना सजाय भुक्तन गरिसकेका थिए भने न्यौपाने सहित ३ जना फरार थिए । प्रहरीका अनुसार अझै फरार २ जनालाई प्रहरीले खोजतलास गरिरहेको छ । ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक दहालले एक वर्षको अवधिमा २६ फरार अभियुक्तलाई पक्राउ गरि जिल्ला अदालतलाई जिम्मा लगाएको दहालले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया