२०२० को पहिलो चन्द्रग्रहण पौष २५ मा

पौष २२ , काठमाडौँ
२०२० को पहिलो चन्द्रगहण यही महिनाको जनवरी १० अर्थात् (पुस २५ गते) लाग्दैछ । यसवर्ष लाग्ने सबै भन्द्र ग्रहणको उपछायाँ ग्रहण हुनेछन् । जसमा चन्द्रमा न पूरा तरिकाले छोपिने छ न त्यसको छायाँ पृथ्वीमै पर्नेछ ।
पहिलो ग्रहण शुक्रबार राति १० बजेर ३७ मिनेटदेखि ११ शनिबार बिहान २ बजेर ४२ मिनेटसम्म रहेनछ। यो चन्द्र ग्रहणको कुल अवधि ४ घन्टाभन्दा बढी रहेनछ । यो ग्रहण नेपाल, भारतबाहेक यूरोप, एसिया, अफ्रिका र अस्ट्रेलियाबाट देखिनेछ ।
यस वर्षको अनय बाँकी चन्द्र ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा लाग्नेछन् । ज्योतिषका अनुसार ग्रहण जुन राशीमा लाग्नेछ । त्यस राशीका बालबालिकामाथि असर बढी पर्नेछ । यसपटक ग्रहणका समय चन्द्रमा मिथुन राशीमा विराजमान हुनेछ ।
हिन्दु धर्ममा ग्रहणलाई निकै महत्वपूर्ण मानिँदै आएको छ । धार्मिक मान्यता अनुसार ग्रहको राम्रो वा नराम्रो असर हरेक व्यक्तमाथि पर्छ । यस वर्ष २०२० मा कुल ६ वटा ग्रहण लाग्नेछन् । जसमा २ सूर्य ग्रहण र ४ चन्द्र ग्रहण ।
तपाइँको प्रतिक्रिया