२० वर्ष पुराना सवारी साधन फागुनदेखि सडकमा गुड्न नपाउने

२३ , काठमाण्डौ , २० वर्ष पुराना सवारी साधन सडकमा गुड्न नपाउने भएका छन । यातायात व्यवस्था विभागले फागुनदेखि देशभरका सडकमा गुड्ने २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारी कवाडीमा बिक्री गर्ने योजना बनाएको छ । अटेर गरेर गुडे कारवाहीको भागिदार हुनुपर्नेछ समेत विभागले जनाएको छ । सरकारको निर्णयअनुसार आउँदो फागुनदेखि २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने यातायात व्यवस्था विभागले बताएको छ । अहिले प्रत्येक ४ ४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ । विभागको साना तथा ठूला सवारी कार्यालयमा भर्खरै प्रमुखका रुपमा पुगेका उप सचिव बसन्त अधिकारीले फागुनपछि २० वर्ष आयु नाघेका कुनैपनि सवारीको कर समेत नबुझिने बताउनुभयो । उहाकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि नगरिने बताउनुभयो । यस्ता सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने उहाले बताताउनुभयो ।
तपाइँको प्रतिक्रिया