लैंगिक सचेतिकरण सम्बन्धि २ दिने अभिमुखिकरण

नारायण भण्डारी जेठ ५
सहमति गैंडाकोटद्धारा संचालित नेपाल भारत सीमा बाढी उत्थानशिल समुदाय परियोजनाको आयोजना तथा लुथरन वल्र्ड रिलिफको सहयोगमा लैंगिक सचेतिकरण सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम पक्लिहवा गाविसमा सम्पन्न भएको छ । कार्यक्रममा पक्लिहवा गाविसका महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लैंगिक हिंसा ,विपदको समयमा हुन सक्ने लैंगिक हिंसा समाजमा हुने गरेका हिंसा,महिला हिंसा न्युनिकरण हरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण नेपाल भारत सीमा बाढी उत्थानशिल समुदाय परियोजनाका कार्यक्रम अधिकृत शुरेश पौडेल तथा स्थानिय सहजकर्ता उमा गिरिले गर्नभएको थियो । कार्यक्रममा सिकेका कुरालाई समाजमा हुने महिला हिंसा विरुद्धको अभियानमा लागिपर्ने स्थानिय राधारानी अधिकारीले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया