२४ लाख ३९ हजार ६ सय ३४ रुपैया आम्दानि

बिबेक भण्डारी कावासोती २९,नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले शुक्रवार १४औँ उपशाखा सभा सम्पन्न गरेको छ । रेडक्रस सोसाईटी उपशाखा कावासोतीले आफ्नो १४औँ अधिवेशनको आयोजनामा आर्थिक वर्ष ०७१ ०७२ मा जम्मा रु २४ लाख ३९ हजार ६ सय ३४ रुपैया आम्दानिको विवरण सार्वजनिक गरेको छ भने आर्थिक वर्ष ०७१ ०७२ मा १८ लाख ८२ हजार ५ सय १९ रुपैया खर्च भएको जनाएको छ । शुक्रवार कावासोती स्थित नेपाल रेडक्रस सोसाइटी आफ्नै भवनमा १४ औ उपशाखा सभाको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखाले ११ वर्ष देखि कावासोती बाट सेवा प्रदान गदै आएको छ । उपशाखा सभा कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति मदनभक्त आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी जिल्लाका निवर्तमान सभापति केशव प्रसाद सापकोटा लगायतको विशेष आतिथ्यता रहेको थियो । उपशाखा सभाको अवसरमा रेडक्रसले २ जना कर्मचारी तथा सदस्यलाई सम्मान समेत गरेको थियो । जस्मा जेष्ठ सदस्य घनश्याम भट्राई र एम्बुलेन्स चालक गोपीराम गौतमलाई सम्मान गरिएको थियो । उपशाखा सभा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका अध्यक्ष योगप्रसाद शर्माको अध्यक्षतामा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया