२४ सै घण्टा व्यवसाय सञ्चालन गर्न दिन सौराहाका पर्यटन व्यवसायीको माग

चितवन, २९ साउन । पर्यटकिय नगरी सौराहाका पर्यटन व्यवसायीहरुले २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न दिन स्थानिय प्रशासन समक्ष आग्रह गरेका छन । सुरक्षाको कारण देखाउँदै प्रशासनले राति ११ बजे भन्दा उता होटल, रेष्टुरेन्ट बन्द गर्न लगाउने गरेको भन्दै उनिहरुले बाह्य पर्यटकलाई सन्तुष्ट प्रदान गर्न नसकिएको गुनासो गरेका छन ।
संबेदनशिल बाहेक सामान्य अवस्थामा पनि चोक चोकमा हुने प्रहरी प्रशासनको चेकजाँचले सौराहा घुम्ने पर्यटक भड्किने गरेको उनिहरुको दाबी छ ।
सौराहामा सुरु भएको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान सौराहाको १० औँ साधारणमा बोल्दै रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट राजनले चोकचोकमा हुने चेकजाँच सकारात्मक र सरहानिय भएको बताउनुभयो ।खअिकलबउ(द्दण्ज्ञट(ण्ड(ज्ञण्(ज्ञढजण्द्धmज्ञढकज्ञज्ञठतर दुःख दिने नियतले हुने कडिकडाउले व्यवसायीलाई मर्का पर्ने गरेको उहाँको गुनासो थियो ।
स्थानिय प्रशासनका अधिकारी समेत उपस्थित सो कार्यक्रममा अध्यक्ष भट्टले जारी साधारणसभाबाटै निर्णय गराए सौराहाको पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न पहल गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवंम प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले प्रशासन बढाउने सुरक्षा सतर्कता यहीँका स्थानिय र व्यवसायी कै हितको लागी भएको बताउनुभयो ।
उहाँले सौराहाका पर्यटन व्यवसायीले त्यहाँ आपराधिक र यौनजन्य हिंसाका घटना नहुने गरि शान्तिपुर्ण वातावरणको प्रत्याभुति दिलाए प्रहरीले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न अनुमति दिन सक्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले सौराहाको पर्यटन व्यवसायको प्रबद्र्धनको लागी गुणस्तरितामा जोड दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
पर्यटकहरु सौराहामा बिशेष गरि मनोरम दृश्य र बन्यजन्तुको अवलोकनका लागी आउने गरेको बताउँदै उहाँले व्यवसायीले स्तरिय सुबिधा सहितको सेवा प्रदान गरे पर्यटक लोभ्याउन सकिने बताउनुभयो ।
रेवानको उदघाटन सत्रमा बिशिष्ट अतिथी रेवान पोखराका गोपि बहादुर भट्टराई, चितवन राष्ट्रिय निकुञ्जको पुर्वि सेक्टर सौराहाका सहायक संरक्षण अधिकृत अभिनय पाठक, क्षेत्रिय होटल संघ हान सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरे,
युनाईटेड हात्ति सञ्चालक सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक भट्ट्राई, रेवान महिला समाज सौराहाकी अध्यक्ष माला दाहाल, मृगकुञ्ज उपभोक्ता समुहका अध्यक्ष बासुदेब ढुङ्गाना, बछ्यौली सेवा केन्द्रका अध्यक्ष बासुदेब रिजाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अध्इक्ष राम कुमार अर्याल लगायतले बोल्नु भएको थियो ।
रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम रेवान सौराहाका अध्यक्ष लाल बहादुर भट्ट राजनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया