२५ तोला सुन बरामद

कावासोती १०,इलाका प्रहरी कार्यालय नवलपुरले आइतवार राति २५ तोला सुन बरामद गरेको छ । काठमाडौंबाट सन्धिखर्कको लागि जादै गरेको लु ख ६१४२ नम्बरको बस चेकजाँच गर्दा सुन बरामद गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो । बसको कन्डक्टर अर्घाखाँची जिल्लाको ठाडा ३ निवासी २२ बर्षीय संजय क्षेत्रीको साथबाट २५ तोला काँचो ढिको सुन बरामद गरेको थापाले जानकारी दिनुभयो । सुनको बजार मूल्य १४ लाख ४४ हजार बराबरको रहेको छ । बरामद सुन र संजय क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया