३० घाइते , एकको अवस्था गम्भिर

बिबेक भण्डारी २,नवलपरासीको रजहर गाविस–६ स्थित झरही खोला भन्ने स्थानमा ट्रक र बस एक आपसमा ठोक्किदा ३० जना घाईते भएका छन् । बुधबार राती करिव ९ बजेको समयमा नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ४६८६ नम्बरको ट्रक र भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ४९२२ नम्बरको बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । बसमा सवार ३० जना घाईते भएको र एक जनाकमे अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । घाईते सबैलाई भरतपुर स्थीत सि एम सी हस्पिटल तर्फ पठाइएको प्रहरीले जनाएको छ । बस र ट्रक दुवैका चालक समेत घाईते भएका छन् । दुर्घटनाग्रष्त सवारी साधनहरु अहिले पनि घटनास्थलमै रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी नायव निरीक्षक गोविन्स सुवेदीको कमाण्डमा ५ जना र इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक शिव शर्मा आचार्यको कमाण्डमा ७ जनाको टोली खटिएको हो ।
तपाइँको प्रतिक्रिया