३७ औं शिक्षा दिवस विहिवार विविध कार्यक्रमको आयोजना गरि देश भर मनाइयो

‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लागनी’ नाराका साथ आज ३७ औं शिक्षा दिवस विविध कार्यक्रमको आयोजना गरि देश भर मनाइएको छ । शिक्षा दिवसको अवसरमा नवलपरासीको चोरमारामा रहेको नवलपुर आवाशिय माविमा विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला शिक्षा कार्यलयको आयोजनामा आयोजित कार्यक्रममा जिल्लाका करिव ८७ जना शिक्षकहरुलाई सम्मान तथा २०७२ सालको एस एल सी परिक्षामा उत्कृष्ट विधार्थिहरुलाई सम्मान गरिएको थियो । आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यलय नवलपरासीका प्रमुख महादेव पन्थको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख पन्तले जिल्लाको शिक्षालाई क्रमश सुधार र शिक्षाको उन्नती तर्फ लाग्नु पर्नेमा बताउनुभयो । प्रमुख पन्थले सामाजिक , आर्थिक , भौतिक हरेक कार्यमा शिक्षाको आवस्यक रहेको हुदा आवस्यकता लाई नै मध्य नजर गरेर शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नवलपरासीको चोरमारामा शिक्षा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमका अध्यक्ष जिल्ला शिक्षा अधिकारी मनबहादुर घिमिरेले शैक्षिक विकासका गर्न आफु लागि परेको र जिल्लाको शैक्षिक अवस्था के कस्तो छ भनेर सुधार गर्ने मार्ग पनि शिक्षा प्रमिले दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रमुख महादेव पन्थको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा , नेपालि काग्रेसका प्रतिनिधि बालकृष्ण घिमिरे , नेकपा एमालेका रोशन बहादुर गाहा मगर , महिला तथा बालबालिका अधिकृत उर्वरा लुइटेल लगाएत जिल्लाका करिव १ सय भन्द बढि शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेको अध्यक्षतामा आयोजना भएको थियो । कार्यक्रममा सास्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया