३ गाउं बिकास समितीमा उच्च जोखिममा

पुरुषोत्तम सुबेदी
नवलपरासी , १२ साउन । नवलपरासीको गण्डक क्षेत्रका बाधं फुट्ने खतरा बढेपछि तत्कालै गण्डक क्षेत्रमा ३ गाउं बिकास समितीमा उच्च जोखिममा परेका छन् । नवलपरासीको नर्सहीमा रहेको ठोकर नम्बर १३ र पक्लिहवाको ठोकर नम्बर ३ ठोकरको स्परहरु ( बल्क ) नारायणी नदीले बगाएपछि जोखिम बढेको हो ।
नारायणी नदीले ठोकरको स्परहरु ( बल्क ) बगाएपछि नारायणी नदी सोही क्षेत्रबाट गाउं पस्ने सम्भावना प्रवल देखिएपछि गण्डक नहरमा जोडिएको ३ गाउं बिकास समितीमा उच्च जोखिममा परेको हो ।
गण्डक क्षेत्र र नारायणी नदी संगै जोडिएर रहेका पक्लीहवा , नर्सही र कुडियाका गाउं बिकास समिती उच्च जोखिममा छ । नारायणी नदीमा खतराको संकेत भन्दा बढी मात्रामा नदीमा पानीको बहाव बढेपछि जोखिम झन बढेको हो ।
नारायणी नदिमा पानीको चाप अहिले पनि बढदै गइरहेको छ । नारायणी नदिको पछिल्लो मापन अनुसार १० दशमलब ३० मिटर मापन गरिसकिएको छ । जुन ८ दशमलब ४ मिटर हुदा नारायणी नदी क्षेत्रमा पुर्ण रुपमा खतराको संकेत हुन्छ ।
नारायणी नदीमा पानीको बहाव बढ्दै जादा आफ्नो घर र आफुन्तलाई सुचना दिनका कारण पक्लीहवा , नर्सही कुडियाका सयौं स्थानियहरुले मगंलबार रातभर गण्डक बांध क्षेत्रमा बिताएका बाध्य भएका छन् ।
नारायणी नदीमा अहिलेपनि पानीको बहाव बढ्दो छ । नदीमा यस बर्षकै सबैभन्दा बढी पानी मापन गरिएको हो । जुन ३ लाख २५ हजार क्युसेक पानी प्रवाह भएको हो ।
पानीको बहाव उच्च भएको कारण आसपासका गण्डक क्षेत्रका एक दर्जन बढी गाविसमा पुर्ण रुपमा जोखिम बढेको छ ।त्रिवेणीस्थित गण्डक नहर क्षेत्रमा पानीको बहाव बढेको हो ।
नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका १३ गाउँ विकास समितिहरु बाढीको जोखीममा रहेका छन् जस्तै नर्सही, कुडिया, पक्लिहवा,गुठी प्रसौनी, प्रतापपुर, गुठीसुर्यपुरा, लगायतका गाउँ विकास समितिहरु उच्च जोखिमा परेका हुन् ।
नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधेका कारण पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको हो । पश्चिम पहाडी जिल्लाहरु जिल्लाहरुमा लगातार तीनदिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएको हो ।
यता नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नवलपरासी स्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि गण्डक ब्यारेजको सबै ढोला मगंलबार नै खोलिएको थियो । नारायणी नदीमा पानीको बहाब बढ्दैगएपछि गण्डक बांधनै फुट्ने खतरा बढेका कारण सो पानी भारत तर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थका अनुसार नारायणी नदीमा पानी बहाब खतराको बिन्दु समेत नाघेपछि आवश्यक उद्धार तथा सहयोग गर्न तिन वटै क्षेत्रका सुरक्षाकर्मी लाई बाक्लो मात्रामा गण्डक क्षेत्रमा परिचालन गरिएको छ ।
७ दशमलव ३ मिटर सम्म खतराको पुर्ब सुचना हुनुपर्नेमा पछिल्लो मापन अनुसार १० दशमलव ३० मिटर पुगेको जिल्ला प्रशासन कार्यालये नवलपरासी जनाएको छ ।
यस अगाबै २०६५ सालमा कोशिमा बाढी आउँदा पनि भारतीय पक्षले समयमै ढोका नखोलिदिएपछि बाँध फुटेर नेपालका तीन जिल्लामा ठूलो जनधनको क्षती भएको थियो ।
तपाइँको प्रतिक्रिया