४ मिनेट पनि नबसी व्यवस्थापिका संसदको बैठक स्थगित

व्यवस्थापिका संसदको बैठक ४ मिनेट पनि नबसी स्थगित भएको छ । संसदको बुधबारको बैठक जम्मा ३ मिनेट ५२ सेकेण्ड बसेर स्थगित भएको हो । शून्य र विशेष समय हटाइएको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७२ पेश भएको छ । कानूनमन्त्री अग्नीप्रसाद खरेलले संविधानको कार्यान्वयनका लागि १९३ वटा कानूनमा रहेका पुनरावेदन अदालत, गाउँ विकास समिति जस्ता शब्दावली परिवर्तनका लागि विधेयक पेश गरेको बताए । विधेयक पेश भएसँगै संसद बैठक पुस २९ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख ओनसरी घर्ती आफ्ना पति वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न थाइल्याण्डको बैंकक जाने कार्यक्रमका कारण संसद बैठक छिट्टै स्थगित गरिएको हो ।
तपाइँको प्रतिक्रिया