५१ सयमा भव्य बिहे

पौष २३ , चितवन
माघ महिना लगनको महिना हो यो बेला धेरै जोडीहरुको बिहे हुन्छ । जिवनमा एक पटक गर्ने बिहे निकै तामझाम गरि भब्य गरु भन्ने सोच आर्थीक रुपमा सवल हुनेहरुलाई हुन्छ भने सामान्य परिवारका छोराछोरीलाई भने बिहेको आर्थीक जोहो गर्न निकै ठुलो चुनौति हुन्छ । अहिले भड्किलो समाजले बिहेलाई निकै खचिर्लो बनाएको छ । अहिले सामान्य भोज खुवाएर कम खर्चो गरि बिहे गरेपनि कम्तिमा ८÷ १० लाख खर्च भईनै हाल्छ । महँगा पार्टी प्यालेस र महंगो भोजन, बाजागाजा सवारीको प्रवन्ध यी सबैकुरा सामान्य परिवारलाई बिहेको चुनौति कै रुपमा बन्ने गर्छ । यस्तो अवस्थामा नारायणगढको नदि किनारमा भने ५ हजार १ सयमा धुमधामका साथ बाजागाजा बजाएर हात्ति चढाएर भब्य रुपमा बिहे हुने भएको छ । नेपालको कानुनले बिहे गर्न छुट दिएका उमेर समुहका किशोर किशोरी जोडि मिलेर आएमा ५१ सयमा जन्तीलाई भोजन समेत गराएर बिहे गरिदिने प्रवन्ध युवा बाल ब्यास महाराजश्रीले गर्नु भएको छ ।
आगामी माघ ११ देखि फागुन ११ गतेसम्म पवित्र तिर्थस्थल नारायणी नदी किनारमा हुने ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ २०७६मा यस्तो ब्यवस्था मिलाईएको हो । यहा अहिले धमाधम मण्डप निर्माणको काम भईरहको छ ।
महायज्ञमा हात्ति सवारी साधन पण्डित भण्डब भोजन माला सबै चिज उपलब्ध हुने भएकाले सामान्य रकममा आफुहरुले भब्य बिबाहको ब्यवस्था मिलाएको महायज्ञका प्रमुख बाचक महाराजश्रीले बताउनु भयो ।
नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजना गरिएको हो । महायज्ञ अवधिभरमा ३५ हजार दान गर्ने परिवारको एक जना, ६० हजार दान गर्ने दानवीरका २ जना, ८० हजार दान गर्ने दानवीरका ३ जना र १ लाख दान गर्ने परिवारका चार जना सदस्यलाई हेलिकप्टरबाट मौलाकालिका तथा देवघाट क्षेत्र परिक्रमा गराइनेछ ।
तपाइँको प्रतिक्रिया