५ दिने आयमुलक कुशन बुन्ने तालीम सम्पन्न

अर्जुन कंडेल, अमरापुरी ,
२३ अषाढ ,पिछडा वर्गको आत्मानिर्भरता र स्वरोजगारका लागी सञ्चालन गरएिको ५ दिने आयमुलक कुशन बुन्ने तालीम अमरापुरी मा बुधवार समापन भएको छ। श्री ध्रुवतारा युवा समाज अमरापुरी ले संयुक्त वडा कार्यालय अमरापुरी को सभाहलमा सञ्चालन गरेको तालीम अषाढ १८ गते देखी २२ गतेसम्म सञ्चालन भएको थियो। nसमाजका अध्यक्ष राजन कंडेल को अध्यक्षतामा एक औपचारकि कार्यक्रम गरी तालीमको समापन गरएिको हो। कार्यक्रम को प्रतिवेदन पेश गर्दै समाजका सह सचिव अर्जुन कंडेल ले तालीम सफलता पुर्वक सम्पन्न भएको र आगामि दिनहरुमा कुशन बुन्ने कार्यलाई निरन्तरता दिदै जान प्रशिक्षार्थी सबैलाई आग्रह गर्नुभयो साथै कुशन लाई क्लव बाटै बजारीकरण गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो भने प्रशिक्षार्थी सबैले यस तालमि आफुहरुको लागी निकै प्रभावकारी भएको र आगामी दिनहरुमा निरन्तरता दिने बताए।
प्रमुख अतिथि एवं गैडाकोट नगरपालिका का कार्यकारी अधिकृत श्रीकृष्ण नेपाल ले प्रशिक्षार्थी सबैलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रमा बोल्दै उहाले पिछडा वर्गको हितका लागी आगामि दिनहरुमा यस्ता किसिमका कार्यक्रमहरु नगरपालिका ले सञ्चालन गर्ने र आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो। कार्यक्रम को सहजिकरण गिता शर्माले गर्नुभएको थियो।
तपाइँको प्रतिक्रिया