६५ हजारभन्दा बढी ग्यास सिलिन्डर गुणस्तरहीन फेला परे

काठमाडौं, साउन-३०, खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो। ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने,‘मूख्य समस्या पुराना ग्यास उद्योगमा छ।’
२०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ। तीमध्ये दुई चार ग्यास उद्योग बाहेकले गाुणस्तरमा ध्यान नदिएको उनले बताए। सिलिन्डरभित्र लेदो जमेको, हाइड्रोलिक टेस्ट नभएका, कुच्चिएका, फुटरिङ लगायतका कैफियत देखिएका हुन्। कम गुणस्तरका सिलिन्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको उपभोक्ताको भनाइ छ। गुणस्तरहीन रेगुलेटर पाइप र समयमै हाइड्रोलिङ टेस्ट नुहँदा ग्यास फर्कने, ग्यास लिक भई आगो लाग्ने जस्ता घटना हुँदै आएका छन्। कान्तिपुरबाट
तपाइँको प्रतिक्रिया