७० वर्षे उमेरमा तरकारी खेति प्रति मोह, प्लटिङ नगरी तरकारी उब्जाउछु

बिबेक भण्डारी २७ , प्लटिङको लहर चलिरहेको बेला देवचुलिनगरापलीका १७ का अतिमान पंञ्जियारले भने खालि जमिनमा तरकारी उत्पादन गर्न कस्सिएका छन । उमेरको हिसावले अहिले पंञ्जियार ७० वर्ष पुगे । पञ्जियार अहिले आफ्नै खेतबारीमा प्रसस्त तरकारी उत्पादन गरि विक्री वितरणमा लागि परेका छन । आफ्नो घरपरीवारको सहयोगमा पंञ्जियारले अहिले १२ क‡ा क्षेत्रफलमा आफैले मिहिनेत गर्दे तरकारी गोडमेल र फलिसकेका तरकारी टिपेर बजार लान भ्याइ नभ्याइ । आफु उमेरको हिसावले होइन परिश्रमको हिसाबले चल्े बानि भएको हुदा पनि आफु तरकारी उत्पादन मै व्यस्त रहेको उहाको भनाइ छ । मौसमि हिसाबले मौसमि तथा बेमौसम तरकारीले अहिले पंञ्जीयारको १२ क‡ा हरियालि देखिन्छ । आफुले सानै देखि मिहिनेत गर्ने स्वभावले पनि आफुलाई कुनै किसिमको असहज नभएको पंञ्जियारको भनाइ छ । पंञ्जियारले अहिले काक्रो , लहरे बोडि , खुसार्नी लगायतका तरकारी जन्य वस्तुहरु उत्पादन गर्दे आएका छन । पंञ्जियारका अनुसार आफ्नो तरकारी बारी नजिक इट्टा उघोग रहेको कारणले पनि तरकारी बिक्रृ गर्न सरल भएको र इटा उघोग बाहेक स्थानिय बजार रजहरमा आफुले उत्पादन गरेको तरकारी खपत हुने गरेको पंञ्जियार बताउनु हुन्छ । जहा तहि प्लटिङले जमिन खालि रहेका बेला पंञ्जियारले भने प्लटिङ गरेर जग्गा खालि राख्नु भन्दा तरकारी उब्जाउ गर्दा आम्दानि पनि हुने ताजा तरकारी पनि बेच्न पाइने हुदा तरकारी उब्जाउ गर्न लागि परेको उहाले बताउनुभयो । आम्दानिको हिसाबले बजारमा चलेको भाउ अनुसार आफुले आम्दानि गर्ने गरेको पंञ्जीयारको भनाइ छ । हामिले पंञ्जियार बाट केहि सिक्न आवस्यक छ । हामि केबल एक पलको आम्दानिलाइ मात्र नहेरी दिर्घकालीन आम्दानिलाई हेर्न आवस्यक छ । हामिले जमिनलाई खालि होइन उत्पादन मुखि बनाउन आवस्यक छ । अब केवल पंञ्जियारले मात्र होइन हामिले पनि जमिन खालि राख्ने र बेच्ने भन्दा कसरी उत्पादन गरि आम्दानि गर्न सकिन्छ त्यो तर्फ ध्यान लैजान आवस्यक छ ।
तपाइँको प्रतिक्रिया