७ सय १० किलोमिटर सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने योजना

बिबेक भण्डारी माघ १७, बनाएको छ । स्थानीय विकास मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ को योजना सार्वजनिक गरेको हो । सरकार, स्थानीय निकाय र जनताको पनि लगानीमा सञ्चालन गरिने यो कार्यक्रममार्फत देशभरका सडक बत्तीलाई विस्थापन गर्ने मन्त्रालयको भनाई छ । पत्रकार सम्मेलनमा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले सौर्य सडकबत्ती जडानका लागि यो वर्ष १ अर्ब रुपैयाँ खर्च गर्ने जानकारी दिनुभयो । यसमा झण्डै ४२ करोड रुपैयाँ स्थानीय निकाय र जनताले लगानी थपिनेछ । १ अर्ब ४२ करोडले झण्डै १४ हजार पोलमा सौर्य बिजुली जडान हुनेछ । सौर्य सडकबत्ती जडान भएपछि अहिले यसमा प्रयोग भइरहेको ६ मेगावाट प्रशारण लाइनको बिजुली बचत हुने मन्त्री थापाले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया