९४औ शहकारी दिवसको अवसरमा नवलपरासीमा ३वटा सहकारी एकीकरण

विवेक भण्डारी
नवलपरासी, १८ असार ,बढ्दो शहकारीहरुलाई एक मुष्टरुपमा अघि बढाउदा शहकारीहरुको व्यववस्थापन र शहकारीको अवस्यक कुरा सहजहुने नेपाल बचत तथा ऋर्ण शहकारी संस्थाका केन्द्रिय अध्यक्ष ऋषीराज घिमिरेले वताउनुभएको छ । शहकारीहरुको व्यवस्थापन एउटै भएर अघि बढ्नुनै शहकारीको आवस्यकता रहेको वताउदै अध्यक्ष घिमिरेले शहकारी एकीकृत भयो भने संस्थाका सदस्यहरुको बारेमा राम्रो कार्य गर्न सकिने बताउनुभयो । ९४औ शहकारी दिवसको अवसरमा जिल्लामा रहेका ३वटा सहकारी संस्था किसान बचत तथा ऋर्ण शहकारी संस्था, जनमुखि बचत तथा ऋर्ण शहकारी संस्था र पञ्चदृष्टि बचत तथा ऋर्ण शहकारी संस्थाको एकिकरण कार्यक्रमको उद्घाटन गर्न रजहर आउनुभएका घिमिरेले सो कुरा बताउनुभएको हो । देवचुलि उच्च मा विको प्राङगढमा आयोजना भएको एकीकरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋर्ण शहकारी संस्थाका केन्द्रिय अध्यक्ष ऋषीराज घिमिरेले बेलुन उडाएर एकिकरण गर्नुभएको हो । कार्यक्रममा किसान बचतका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्मा , जनमुखी बचतका संस्थापक अध्यक्ष सुर्यप्रसाद न्यौपाने, पञ्चदृष्टि बचतका संस्थापक अध्यक्ष भोजराज भट्राइ लगायत गैडाकोट नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण नेपाल लगायत संघ संस्था, राजनिति दलका प्रतिनिधि लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम ३ किसान, जनमुखी र पञ्चदृष्टिका अध्यक्ष तथा सह अध्यक्ष गोपाल प्रसाद गौतम , जयन्ती रिजाल र बम बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम आयोजना र शहकारी एकिकरण भएको हो ।
तपाइँको प्रतिक्रिया