९ जिल्लाका बालबालिकाहरुलाई पिस सर्कल कार्यक्रम सुरु

बैशाख २९ चितवन,बिधालय शान्ति क्षेत्र प्रबद्धनका लागि बालबालिकाको लागि पिस सर्कल तालिम कार्यक्रम आजबाट चितवनको सौराहामा सुरु भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजनमा सुरु भएको कार्यक्रममा नवलपरासी,चितवन,मकवानपुर,बारा,पर्सा,रौतहट,सर्लाही,महोत्तरी र धनुषाबाट प्रत्येक जिल्लाका २ जना एक बालक र एक बालिका गरि १८ जना र प्रत्येक जिल्लाका बालबालिका शान्ति क्षेत्रमा आबद्ध सँघसँस्थाका ९ जना गरि २७ जनालाई उक्त तालिम दिईदैँ छ । यो कार्यक्रम युनिसेफ र बिश्व शिक्षा कार्यक्रमको सहयोगमा सञ्चालन भएको र यो कार्यक्रमबाट बालबालिकाहरु लाई बालबालिका शान्ति क्षेत्र कार्यक्रमको महत्व र किन बिधालय शान्ति क्षेत्र हुनुपर्दछ भन्ने बारेमा बिभिन्न माध्यमबाट यो ३ दिनमा सिक्ने कुरा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय नेटवर्कका अध्यक्ष कृष्ण सुबेदीले बताउनु भयो । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालमा सन् २००३ बाट नेपालभरि नै बिभिन्न कार्यक्रमहरु सञ्चालन गरि बालबालिकामाथिको लगानिको लागि र बाल अधिकारको सँरक्षण र सँबद्र्धनमा सबै सरोकारवालाहरुलाई जिम्मेवार हुनुपर्दछ भन्न्ने बारेमा बिशेष वकालत र पैरबी गर्ने गरेको छ । यो कार्यक्रम यि ९ जिल्लामा गरिनुको पछाडी पछिल्लो पटक धेरै नै बालबालिकाहरुमाथि र बिशेषगरि बिधालयमा बिभिन्न हिँसा, बन्द र हडताल हुने भएकाले किशोरकिशोरीहरुलाई परिबर्तनका सँबाहकको रुपमा बालबालिका शान्ति क्षेत्र अभियान र बिधालय शान्ति क्षेत्र अभियानलाई जिल्लाको स्थानिय स्तरमा यो सन्देश प्रबाह गरि केही भएपनि समस्या समाधानको लागि कामहरु गरुन भने अभिप्रायका साथ सञ्चालन गरिएको कुरा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका सँयोजक दिपकप्रसाद बस्यालले बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा पिस सर्कलका अभियन्ता मिना शर्मा र सहयोगी प्रशिक्षकको रुपमा बिश्व शिक्षा का ज्योती रानाले प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रिया