
बिबेक भण्डारी माघ १७,भुकम्प प्रभाबित बालबालिकाहरुलाई एक कार्यक्रमका बिच स्विटर बितरण गरिएको छ । परिबर्तनका लागि युवा नेपालको आयोजना तथा नेपाल स्कुल ट्रस्टको आर्थिक सहयोगमा देबचुली नगरपालीकाको वार्ड नम्वर ६ कुमसोत अवस्थित सरस्वति प्रा विका ७० जना बालबालिकाहरुलाई स्विटर बितरण गरिएको । आजको उक्त कार्यक्रममा सभाध्यक्ष को रुपमा परिबर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाई रहनुभएको थियो भने प्रमुख अतिथीको नेपाल स्कुल ट्रस्टको जुड वारेन्डर रहनुभएको थियो । उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष रमेशराज भण्डारीले यो सहयोगको स्वरुप बालबालिकाहरुको भबिष्य लाई सहयोग गरेका छौ र अन्य सहयोग पनि बिबिध समयमा ल्याएर सहयोग गर्ने कुरा समेत प्रतिबद्धता जनाउनु भएको छ । बिधालयको भौतिक सँरचनाको साथमा बालबालिकाहरुलाई आवश्यक पर्ने अन्य सामाग्रीमा पनि ध्यान दिन उहाँँले अभिभावकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथीले आजको यो कार्यक्रममा सहभागिता जनाउन पाएकोमा र साना साना बालबालिकाहरुसँग भेटेर कुरा गर्न पाएकोमा खुसी भएको कुरा समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सँचालन संस्थाका उपाध्यक्ष दिपक न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका विजयकुमार सारु,सरस्वति खरेल, शोभा पिया लगायत ,बालबालिका र अभिभावकहरु समेत गरि ११० जनाको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रमको प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ,जागृति बाल तथा युवा सरोकार नेपाल सह आयोजक रहेको थियो ।
तपाइँको प्रतिक्रिया