प्रथम गैँडाकोट नगर अधिवेशन : पार्टीलाई व्यवस्थीत गर्न सकेनौँ – प्रचण्ड

विन्दु वाग्ले, गैँडाकोट, ११ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाहालले एकताको प्रक्रियालाई सफल पार्ने कोशिसमा आफ्नै पार्टीलाई व्यवस्थीत गर्न नसकेको बताउनुभएको छ ।
शनिबार देशभर एकसाथ सुरु भएको पालिका अधिवेशनलाई सम्वोधन गर्दै दाहालले देश लाई कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन पार्टी एकता गरेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक निकायलाई दुरुपयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो ।
उहाँले ओलीगुटको मात्रै सड्यन्त्र नभएर दक्षिणपन्थीको मिलेमलोमा संविधानलाई उल्याइएको दावी समेत गर्नुभयो । अध्यक्ष दाहालले त्याग तपस्या र बलिदानले निर्माण गरेको पार्टीलाई प्रतिगमनकारी आन्दोलनलाई परास्त गरेर पुनसंगठीत गर्न लागकोेप्रति खुसी व्यक्त गर्नुभयो ।
देशभर एकसाथ भएको पालिका अधिवेशन अन्तर्गत शनिबार गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट नगर अधिवेशन सम्पन्न भएको छ । सो अवसरमा बोल्दै माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य धनप्रसाद सापकोटाले देशमा व्याप्त विभेधलाई हटाउनका लागि नै माओवादी आन्दोलन गर्नुपरेको बताउनुभयो । ‘गाँउकाले शहरकालाइ नहेपोस्, धनिले गरिवलाई नहेपोस्, कथित उपल्लो जातले कथित तल्लो जातलाई नहेपोस्, खस भाषा बोल्नेहरुले अन्य भाषा बोल्नेलाई नहेपोस् भनेर नै माओवादी आन्देलन गर्नुपरेको हो । उहाँले भन्नुभयो
सो कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद पराजुली, बुद्धिजिवी बलराम सुवेदी, माओवादी नेतृ तारा शर्मा लगायतले देशलाई अग्रगमनतिर डोर्याउन र समृद्ध नेपाल निर्माण गर्न पाटी अगाडी बढ्ने बताउनुभएको थियो ।
गैँडाकोट नगर अध्यक्ष युवराज रिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत माओवादी नेतृ अम्विका सापकोटाले र कार्यक्रम सञ्चालन नगर सचिव श्यामसुन्दर लामिछानेले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया