बन्दले नवलपरासी सहित देशैभरको जनजीवन प्रभावित

१० साउन ,सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपााल बन्दले नवलपरासी सहित देशैभरको जनजीवन प्रभावित भयको छ । नवलपरासीको मुख्य बजारहरु सुनसान छन । गाडी चलेका छैनन भने मोटरसाइकल फाट्टफुट्ट सन्चालन मा आयका छन शैक्षिक सस्था केहि ढप्प छन । आज साउनको दोश्रो सोमबार , बन्दले गर्दा गाडी नचलेपछी शिव मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीलाई बढी समस्या भएको छ । उता सर्लाहीको सागरनाथ सुकुम्बासी बस्तीमा प्रहरीले दमन गरेको भन्दै विप्लव माओवादीले नेपाल बन्द गरेको जनाएको छ । सुकुम्बासी बस्तीमा प्रहरीले यही असार २१ गते गोली चलाउँदा २५ जना घाइते भएका, २१ महिला सहत ३६ जनालाई गिरफ्तार गरि शारीरिक यतना दिएको विप्लव माओवादीले आरोप लगाएको छ ।
तपाइँको प्रतिक्रिया