चुनावपछि पनि ‘महापुरुष’ र ‘उचाइ’ले राम्रै कमाउन सक्ने अनुमान

०३, मंसिर ।
चुनावपछि पनि ‘महापुरुष’ र ‘उचाइ’ले राम्रै कमाउन सक्ने अनुमान गरिएको छ । यतिबेला नेपालका हलमा चार फिल्म प्रदर्शनरत छन् । उचाइ, महापुरुष, वाकान्डा फरेभर र दृश्यम २ । हरिवंश आचार्य स्टारर ‘महापुरुष’ (शुक्रबार)देखि चौथो सातामा प्रवेश गरेको छ । निर्माताले अहिलेसम्म फिल्मले सात करोड रुपैयाँ हाराहारीमा ग्रस कमाइ गरेको उल्लेख गरेका छन् ।
चुनाव छेकोमा पनि क्यूएफएक्स लगायतका मल्टिप्लेक्समा महापुरुषको कमाइ सुखद् छ । महापुरुषले विदेशबाट समेत राम्रो कमाइ गरेको अनुमान छ ।बलिउड फिल्म ‘उचाइ’को पहिलो साताको कमाइ एक करोड ३० लाख हाराहारीमा छ । कम शोको बाबजुद पनि फिल्मले सुखद् कमाइ गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया