प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका सेलिव्रिटीले हारे चुनाव

९ मंसिर ।
प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिव्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् । एमालेबाट दाङ–३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए । धादिङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि पराजित भए । उनले १२ हजार ४७५ मत ल्याए ।
यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी रहे । मोरङ–३ मा जारी मतगणनामा अभिनेत्री तथा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । प्रत्यक्षतर्फ, काठमाडौं–६ मा स्वतन्त्र उम्मेदवारी दिएका गायक संजय श्रेष्ठ र कलाकार सिते बा पराजित भैसकेका छन् ।
तपाइँको प्रतिक्रिया