प्रथम चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न

भरतपुर ,०२, चैत्र । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघ को सभाहलमा बिहिबार भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीको १५ दिने कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो ।
समिक्षा कार्यक्रममा प्रवर्धन मेलामा ११ वटा नेपाली उत्पादनको १००० भन्दा बढी ब्राण्डका जुत्ता चप्पलहरु बिक्री भईरहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायले कुल बिक्री मध्ये फागुन महिनामा लगभग ६५ % पार्टी सुजको कारोबार भएको र चैत्र लागे पछि स्पोटर्स जुत्ताको कारोबार बढ्न थालेको र हालसम्म मेलामा ३ करोडको कारोबार समेत भएको बताउनुभयो । उहाँले चितवन बाहेक धादिङ, गोरखा नवलपुर, मकवानपुर तनहुँ लगायतका जिल्लाहरुबाट पनि उपभोक्ताहरुबाट प्रवर्धन मेलाको अवलोकन भईरहेको उपाध्यायले बताउनुभयो ।
त्यस्तै नेपाल फुटवेयर एशोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले प्रवर्धन मेलाले करिब 85 जनालाई १ महिनाको लागि प्रत्यक्ष रोजगार प्रदान गर्नु का साथै जुत्ता चप्पलहरुको प्रयोग पश्चात् मात्र गुणस्तर पहिचान हुने भएकोले नेपाली उत्पादनको गुणस्तरका बारेमा पृष्ठपोषण समेत पाएको बताउनुभयो । उहाँले प्रवर्धन मेलामा आएका व्यवसायी तथा अवलोकनकर्ताहरु मध्ये बाट नेपाली जुत्ता चप्पलका लागि चितवन, मकवानपुर, नवलपुर, धादिङ र गोरखा, तनहुँ जिल्लामा समेत डिलरसिप लिनका लागि इच्छ्या व्यक्त गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोखरेल, ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ, चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यसमिति सदस्यहरु गोविन्द प्रसाद खनाल, गोपाल प्रसाद गैरे, चन्दना कोइराला, महिला उद्यमी मञ्चकी सदस्य गीता ढकाल, युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य अश्विन गोले लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नेपाल फुटवेयर एशोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया