सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

सरकारद्वारा विभिन्न विधाका ४३ जना स्रष्टा पुरस्कृत

  •  | २६ असार २०७९, आईतवार १४:३५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाडौँ, २६ असार । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो ।
    मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गरे । जनही एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार विभिन्न विधाका चार स्रष्टालाई प्रदान गरिएको छ ।
    भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’(कट्टेल), संस्कृति विधातर्फ काठमाडौँका डा रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फको पुरस्कार हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उनीहरूलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ ।
    जनही ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कारबाट भाषा एवं साहित्य विधामा धनकुटाका डा। यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा। हरिप्रसाद सिलवाल, पर्वतका डा। बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापा सम्मानित भएका छन् ।
    संस्कृति विधातर्फ ओखलढुङ्गाका डा। लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा। राजकुमार सेवदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा। त्रैलोक्यनाथ जोशी पुरस्कृत भएका छन् ।
    ललितकला विधामा क्रमशः छितेन शेर्पा (झापा), पुनम कुमारीदेवी (महोत्तरी), जवीन राजोपाध्याय (काठमाडौँ), तिलकप्रसाद पुन (पोखरा), खेमबहादुर विक (रुपन्देही), कोशलकुमार हमाल (मुगु) र महेन्द्र पुन मगर (डडेल्धुरा) लाई पुरस्कृत गरिएको छ । सङ्गीत तथा नाट्य विधामा प्रादेशिक प्रतिभा पुरस्कार सुगम पोखरेल (मोरङ), रामनारायण ठाकुर (जनकपुरधाम), नवीन पौडेल (काठमाडौँ), केशरी घर्ती मगर (पोखरा), उन्नत‍ि बोहरा (रुपन्देही), उत्तम शर्मा (उत्तरगङ्गा) र अम्बरबहादुर लामा (डोटी) पुरस्कृत भएका छन् ।
    मन्त्रालयले महाकवि देवकोटा पुरस्कार, २०७८ बाट कवितारकाव्य विधामा डा। बेञ्जु शर्मा काठमाडौँ, निबन्धरसमालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखनारनाटकतर्फ डा। पुष्करराज भट्ट कैलाली, बालसाहित्यरलोकसाहित्यमा विजय चालिसे काठमाडौँ, र भाषासाहित्य विधामा आरडी, प्रभास चटौत डडेल्धुरालाई पुरस्कृत गरिएको छ ।
    भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार‍, २०७८ बाट पुरस्कृत हुनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा. गोविन्द नेपाली छन् । यो पुरस्कारको राशि जनही एक लाख र ताम्रपत्र रहेको छ ।
    गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, २०७९ कविता विधामा दाङका डा. अमरराज गिरी र नाटक विधाको पुरस्कार विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ । त्यसैगरी, मन्त्रालयले यसैवर्षदेखि सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा. डा. त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ । रासस

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.