नवलपरासीमा सडक दुर्घटना , ५ जनाको मृत्यु

अस्मीता भण्डारी १९ , नवलपरासीको मध्यविन्दु ७ स्थित ४० किलो जंगलमा भारतीय ट्रकले यात्रुवहाक बस लाई aठक्कर दिदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शनिवार विहान साढे २ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ४ ख ३९९५ नम्बरको बस लाई सोहि दिशाबाट आउदै गरेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा बसमा सवार ४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ का १६ वर्षिय राम चौधरी , विरवल चौधरी , सुर्खेतका ३८ वर्षिय हरी राम्जाली मगर रहेका छन् र भारतीय ट्रकका चालक भारत विहारको बर्गदवा बस्ने २५ वर्षको रियाज खान रहेका छन । मृतक मध्ये एक पुरुषको सनाखत भएको छैन् ।घाईते ५ जनाको अहिले कावासोती १६ को डण्डामा रहेको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहेको छ ।
तपाइँको प्रतिक्रिया