अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड

591
|
गैँडाकोट, २० असार ।
मोफसलमा रहेर उत्कृष्ट गुणस्तरी शिक्षा प्रदान गरेकोे भन्दै चितवनको सिमानसगैँ जोडिएको नवलपुर गैडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले पेरिस स्टार क्वालिटी अवार्ड हात पारेको छ ।
फ्रान्समा आयोजित एक भव्य समारोहका विच अन्तर्राष्ट्रिय विआईडी क्लालिटी कन्भेन्सनमा विश्व स्तरीय शिक्षा नेपालमा पनि प्रदान गरेको भन्दै स्वर्ण अवार्ड कलेजका प्रचार्य हरि भण्डारीलाई दिइएको थियो । उनीसगैँ चितवनका शिक्षाविद् डा. वसन्त अधिकारी समेत सहभागी थिए ।
अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको हो ।
अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई पेरिस स्टार क्वालिटी सर्टिफिकेट दिइएको आयोजकले जनाएको छ । अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै स्वर्ण उपहार दिइएको थियो ।
तपाइँको प्रतिक्रिया