प्रदेश ३ को स्थायी राजधानीका लागि चितवन सहित ५ जिल्ला सिफारिस

चितवन, २७ असार ।
प्रदेश नं ३ को स्थायी राजधानीका लागि ५ जिल्ला सिफारिस भएका छन् । प्रदेश ३ को राजधानीबारे सम्भाव्यता अध्ययन गर्न गठित विशेष समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो ।
सम्भाव्यता अध्ययन गर्न गठित विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । २ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले प्रतिवेदन तयार गरेको प्रतिवेदन सभामुख श्रेष्ठलाई बुझाईएको समिति सभापति दिपक निरौलाले जानकारी दिनुभयो । प्रतिवेदनमा जिल्लाको क्षेत्रफल, जनसंख्या, स्थानीय तहको संख्या, जिल्लागत दूरी, पूर्वाधारको अवश्था, सामाजिक सांस्कृतिक, वातावरणीय अवश्था विश्लेषण गरेर जिल्लाको स्थिती स्पष्ट उल्लेख गरिएको छ ।
समिति स्रोतका अनुसार, उक्त विश्लेषण अनुसार, क्रमश स् काभ्रे, चितवन, भक्तपुर, मकवानपुर र नुवाकोट उपयुक्त देखिएको छ । भौगोलिक अवस्था, पुर्वाधार, बाटोको पहुँच, केन्द्रविन्दु लगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम तोकिएको हो ।काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको बस्तुगत स्थिति झल्कने गरी पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो ।
सांसद दिपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालिन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, बसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खड्का र जगत सिंखडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाका रिता माझी र राप्रपा ९प्रजातान्त्रिक० का रिना गुरुङ सदस्य छन् ।
तपाइँको प्रतिक्रिया