गंगामाया अधिकारीले जुस पिएर तोडिन् अनसन

काठमाडौं, २९ असार ।
पाँच बर्ष देखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पक्राउ गर्न माग गर्दै पटक पटक वीर अस्पतालमा अनसन बसेकी गोरखाको फुजेलकी गंगामाया अधिकारीले पछिल्लो पटकको अनसन पनि तोडेकी छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गंगामायालाई जुस खुवाएर अनसन अन्त्य गराएका हुन्। कानुनमन्त्री शेरबहादुर तामाङले दोषीमाथि कारबाही हुनेसहितका २ बुँदा हस्ताक्षर गर्दै अक्षरशः पालना हुने प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेकी हुन् ।
सर्वोच्च अदालतको आदेश अनुसार अभियुक्तमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरिसकेको र अन्य अभियुक्तलाई समेत अदालत पेस गर्ने प्रतिबद्धता सरकारले गरेपछि उनी ४५ दिनपछि अनसन तोड्न तयार भएकी थिइन्।
२०७० सालदेखि पटकपटक अनसन बसेको गंगामाया पछिल्लो पटक जेठ १५ गतेदेखि अनसन बसेकी थिइन् ।
तपाइँको प्रतिक्रिया