प्रथम गैँडाकोट नगरपालिका फुटसल कप २०७५ समापन / रेन्बो फुटसल समुह अमरापुरी प्रथम

राजन खरेल,
गैँडाकोट, ३० असार ।
अमरापुरीमा जारी, प्रथम गैँडाकोट नगरपालिका फुटसल कप २०७५ को उपाधी रेनबो एकेडेमी फुटसल समुह अमरापुरीले जितेको छ । खेलमा प्रगतिशिल युवा क्लब प्रगतिनगर दोस्रो भएको छ । गत असार २५ देखि गैँडाकोट १५ स्थित अमरापुरी खेलमैदानमा जारी प्रतियोगिता शनिबार एक समारोहका विच शनिबार, समापन गरिएको हो ।
गैँडाकोट नगरपालिकाका उप प्रमुख विष्णु कुमारी कंडेलको प्रमुख आतिथ्यता तथा आयोजक रेनबो युथ क्लब अमरापुरीका अध्यक्ष विवेश न्यौपानेको अध्यक्षतामा, कार्यक्रम समापन भएका हो ।
समारोहमा, गैँडाकोट नगरपालिकाका उप–प्रमुख विष्णु कुमारी कंडेलले गैँडाकोट नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथामिकताका साथ अगाडी बढाउदैं नगरपालिकालाई खेलग्रामका रुपमा अगाडी सार्ने बताउनुभयो ।
विधार्थी जिवनमा खेलकुदले, महत्वपुर्ण भुमिका खेल्ने भन्दै, खेलकुदबाट समेत युवाहरुको भविष्ण निर्माण हुनेभएकाले यस क्षेत्रलाई उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगिताका प्रथम हुने समुहले नगद रु ५१ हजार ट्रफि र मेडल यस्तै, द्धितिय हुने समुहले नगद रु ३१ हजार सहित ट्रफि र मेडल पाएको आयोजकले जानकारी दिएको छ । समापन समारोहका प्रमुख अतिथी समेत रहेका उप प्रमुख कंडेलले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा कुल १९ समुहले सहभागिता जनाएका थिए । समापन समारोहमा जिल्ला फुटवल संघका अध्यक्ष सेत बहादुर पुन, महासचिव लक्ष्मण कार्की, गैँडाकोट १५ का वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै युवाहरुको खेलकुद क्षेत्रमा सहभागिताले शिर्जनशिलता बृद्धि हुने भन्दै आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
समारोहमा ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख दिवश जि.सी.,गैँडाकोट जेसिजका अध्यक्ष गोकुल सापकोटा , नगरकार्यपालिका सदस्य कान्तिमाया पुरी, मेनुका कंडेल, समाजसेवी विष्णु कंडेल लगायत स्थानिय समाजसेवी र खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
( photo Courtsey: Sarmila Pariyar )
तपाइँको प्रतिक्रिया