प्रथम गैँडाकोट वार्ड स्तरीय फुटवलमा शनिबार : गैँडाकोट वडा नं. १० विजयी
राजन खरेल,
गैडाकोट ।
गैँडाकोट नगरपालिका वडा नंम्बर १३ मा जारी, प्रथम गँैडाकोट वार्ड स्तरीय फुटवल कप अन्र्तगत शनिवार भएको खेलमा गैँडाकोट– १० विजयी भएको छ । जारी खेलमा शनिबार वडा नंम्बर १० र वडा नम्बर ४ विच प्रतिष्पर्धा भएको थियो ।
खेलमा गैँडाकोट नगरपालिका वडा नंम्बर १० ले ४ गोल प्रहार गरेको थियो । वडा नंम्बर ४ ले खाता खोल्न नसकेपछि , वडा नंम्बर १०, ४–० गोलअन्तरले विजयी भएको हो । खेलमा गैँडाकोट १० का जर्सी नंम्बर ९ का खेलाडी सुर्य कुमार श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका थिए ।
यसैबिच, आईतबार देखि दोस्रो चरणको खेलसुरु हुने आयोजकको जानकारी दिएको छ । सो अन्र्तगत आईतबार वडा नं १३ र वडा नं २ विच खेल हुने आयोजकको जानकारी दिएको छ ।
धुर्वतारा युवा क्लब गैँडाकोट वडा नंम्बर १३ को आयोजनामा गत शनिबार देखि ३५ वर्ष माथिका खेलाडीहरुको बिच वार्ड स्तरीय फुटवल सुरु भएको हो । खेलमा गैडाकोट नगरपालिका भित्रका १६ वटा समुहको सहभागिता रहेको छ । खेलमा प्रथम हुने समुहले नगद रु. ४० हजार सहित सिल्ड र प्रमाणपत्र, द्धितिय हुने समुहले नगद रु २० हजार सहित सिल्ड र प्रमाणपत्र, तृत्तिय हुनेले १० हजार सहित सिल्ड र प्रमाण पत्र पाउने आयोजक धुब्रतारा क्लबका सह सचिव दिपक पौडेलले बताउनुभएको छ ।
खेल गैँडाकोट नगरपालिका वडा नंम्बर १३ स्थित मनमोहन स्मृति खेल मैदान जारी रहेको छ ।
तपाइँको प्रतिक्रिया