भेरी नदीमा जिप खस्दा दुई जनाको मृत्यु

जाजरकोट, ५ असार । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।
दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । उनीहरू उक्त जिपको चालक तथा सहचालक रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का हुन् । जिपमा चालक र सहचालक मात्र रहेका थिए ।
तपाइँको प्रतिक्रिया