३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, मध्यविन्दुमा मनाइयो, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका निमीत्त नगरपालिका जिम्मेवार रहेको उपप्रमुख चौधरीको भनाई

नवलपुर, मसिंर १७ । आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मध्यविन्दु नगरपालिकामा कार्यक्रम गरि मनाइएको छ । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु ७ चोरमारामा समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ मनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य सहित सरोकारवाला पक्षसगँ छलफल समेत गरिएको थियो ।
मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोग तथा अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको सयुक्त आयोजनामा दिवस मनाइएको हो । दिवसकै अबसर पारेर शनिबारनै अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा समेत वितरण गरिएको छ । आफनो सिप र जागरुपलाई मध्यनजर गर्दै पसल सञ्चालन गर्नुभएका ५ जना अपाङ्गता भएका व्यतिहरुलाई मध्यविन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरी , महिला बालबालिका एवं समाजीक शाखा प्रमुख पुष्पा कुमारी रिजाल ,अपाङ्ग पूर्नस्थापना समन्वय केन्द्रका अध्यक्ष सागर लुईटेल लगाएतले सम्मान गर्नुभएको थियो ।
मध्यविन्दु नगरपालिकाका नगरउपप्रमुख पूर्णकला चौधरीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको हकहित ,अधिकारका निमीत्त नगरपालिका जिम्मेवार रहेको बताउनुभयो ।
कार्यक्रम अपाङ्ग पूर्नस्थापना समन्वय केन्द्रका अध्यक्ष सागर लुईटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया