क्याम्पसमा टिकटक बनाउन निषेध

फागुन २० , इटहरी
प्रदेश १ कै अत्याधिक विद्यार्थी भएको सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पस इटहरीले बिद्यालय परिसरमा टिकटक बनाउन निषेध गरेको छ । क्याम्पसले एक विज्ञप्ति जारी गर्दै विद्यार्थी , शिक्षक र अभिभावक तथा सम्पुर्ण सरोकारवालामा अनुरोध गरेको हो । साथै क्याम्पसको लोगो प्रयोग गरेर फेसबुक खोल्ने , इमेल तथा अन्य सामाजिक संजाल बनाउने गरेकोमा सो कुरा बन्द गर्न समेत जानकारी गराएको छ । यदि सुचना को बेवास्ता गरेर कुनै पनि क्रियाकलाप गरेमा कानुनी कारबाही हुने क्याम्पसले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया