सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रदेश २ को स्थायी राजधान र नाम आज टुंगो लाग्दै

  •  | ४ चैत्र २०७६, मंगलवार ०८:५० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चैत ४ ,धनुषा
    लामो समय पश्चात प्रदेश २ को स्थायी राजधान र नाम आज टुंगो लाग्दै छ । सहमति मार्फत नाम टुंगो लाग्न नसकेपछि आज मतदान मार्फत टुंगो लगाउन लागिएको हो ।
    सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताए ।
    प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन ।
    प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।
    प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्तारुढ समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह
    रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन

    ताजा अपडेट

    मलाइकाका कारण चम्किएको थियो दिपिकाको भाग्य

    फागुन १६ , एजेन्सी बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम...

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

    फागुन १६ , काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा...

    • रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    • हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन
    • विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने
    • बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.