कोरोना कहरकै बीच देबचुलीमा बन्यो छोटो फिल्म ‘पैसो’

कोरोना कहरकै बीच देबचुलीमा यहि परिस्थिति समेटेर छोटो फिल्म ‘पैसो’ तयार गरिएको छ । अर्री इन्टरटेन्मेन्टले प्रस्तुत गरेको फिल्म कलाकार राज न्यौपाने तथा चलचित्रकर्मी अर्जुन तिवारीले निर्माण गरेका हुन् । बिनोद ढकालको भ्वाइस ओभर रहेको फिल्ममा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश बिक, सञ्जय पोखरेल, रामु घिमिरे, कृष्ण बहादुर गिरीले अभिनय गरेका छन् । फिल्ममा बिनय कार्की क्षेत्रीको पृष्ठभूमि संगीत तथा गायन छ भने गीतको शब्द सिमोन न्यौपानेले रचना गरेका हुन् । ओम नमः शिवाय मल्टि स्टुडियो मिडिया सिष्टममा पोष्ट प्रोडक्सन गरिएको फिल्मको छायांकन तथा सम्पादन अर्जुन तिवारीले गरेका हुन् । फिल्म लेखन तथा निर्देशन राज न्यौपानेले गरेका हुन् ।
सपनाको सहर काठमाण्डौ पैसा कमाउन आएका ३ युवाको कथामा यहि परिस्थिति समेटेर छोटो फिल्म ‘पैसो’ तयार गरिएको निर्माण पक्षले बताएको छ । पैसा कमाउन काठमान्डौ पसेका ३ युवा राकेश ‘लारा’, संजय पोखरेल र सन्जोग पैडेल ‘भोटे’ को कथा हो पैसो । फिल्म क्षेत्रमा काम गर्ने यिनीहरुको आफ्ना आफ्नै कथा छ । लाराले भूकम्पको कारण बाबु आमाको साथ घर समेत गुमायो फिल्म क्षेत्रमा काम गर्न उनी काठमाण्डौ आए । हिरो बन्न आएको तर मोटाएर ‘मोटे’ बनेका छन् सन्जोग । एकसाथ बस्ने यी तिनको एकै समस्या सुरु भएको छ । लकडाउनको समयमा घरभाडा देखी खाना सम्मको अभाव छ । काम गरेको ठाउबाट समयमा पैसा नपाउने क्षेत्र भनेर चिनिने फिल्म क्षेत्रमा काम गर्ने यिनीहरुले विषम परिस्थितिमा कामको पैसा पाउने त कुरै रहेन । यहि बीच बिना कुनै विकल्प रित्तो हात भएका छन् । यहि कथा तथा पात्रहरुको बीचमा छोटो फिल्म पैसा तयार गरिएको निमार्ण पक्षले जनाएको छ ।
फिल्म हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
तपाइँको प्रतिक्रिया