गण्डकी प्रदेशमा सञ्चारकर्मी सहित पाँच जनामा कोरोना पुष्टि

बुधबार, भदौ ३१, गण्डकी प्रदेशमा एक जना सञ्चारकर्मी फेरी संक्रमित भएका छन् भने उनी सहित थप पाँच जनामा कोरोना पुष्टि भएको छ । एक जना सञ्चारकर्मी सहित र दुई पर्यटक प्रहरी समेत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भएका ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई संक्रमण पुष्टि भएको हो । उनी हाल पोखरामा बस्दै आएका छन् । त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत संक्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक÷एक जना थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १७१ पुगेको निर्देशनालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया