सौराहाका पर्यटकीय होटल खुले

१ असोज, चितवन । लामो लकडाउनपछि सौराहाका पर्यटकीय होटल बिहीबारदेखि खुलेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले बुधवार एक साता निषेधाज्ञा थप गरे पनि पर्यटन विभागबाट स्वीकृत प्राप्त पर्यटक स्तरीय होटल भने खुल्न पाउनेछन् । उनीहरुले पर्यटन बोर्डले तोेकेको मापदण्ड पालना गरी विदेशी र स्वदेशी पाहुना राख्न पनि पाउनेछन् । लामो दूरीका सवारी पनि चल्ने, हवाई सेवा पनि सञ्चालन हुने भएपछि केही आशा जागेको छ’ होट व्यवसायी सुमन घिमिरेले भन्नुभयो, ‘अहिले तत्कालै पर्यटक नआए पनि विस्तारै वातावरण सहज हुँदै जाला भन्ने विश्वासमा छौं ।’ सरकारी निर्णयपछि होटल खोल्ने तयारी गरिएको क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो , ‘अघिल्लोपटक पनि होटल त खोलेको हो, तर पछि फेरि बन्द गर्नुपर्ने अवस्था आयो, तर अब यसपटक फेरि बन्द गर्नुपदैन भन्ने विश्वासमा छौं’ । सरकारले अब फेरि लकडाउन गर्दैन भन्ने विश्वासका साथ व्यवसायीहरू होटल खोल्न तयार भएको घिमिरेले बताउनुभयो । यस्तै रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाका रेष्टुरेन्ट होटलसँगै क्रमशः खुल्दै जाने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया