क्यानको बैठक आज (मंगलबार) चितवनमा बस्दै

असोज ६, गैंडाकोट । नेपाल क्रिकेट संघ क्यान को नियमित बैठक आज मंगलबार चितवनमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज विहान ८ बजे बैठक बस्ने कार्यक्रम तय भएको संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । यसपटकको बैठकमा सरकारले अनुमित दिएको खण्डमा प्रशिक्षण कार्यक्रमलाई कसरी अघि बढाउने र हाल सम्म भएका कार्य प्रगतिको समिक्षा र नयाँ योजनाहरु बनाइने अध्यक्ष चन्दले बताए । उनले बैठकमा धेरै एजेण्डा खासै नभएको तर संस्थाको विगतको कार्यक्रमहरुको समिक्षा गर्ने र भावी योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नै छलफललाई केन्द्रित गर्ने कार्यक्रम रहेको र यसले क्यानको विकासमा थप उर्जा मिल्ने विश्वास लिएको प्रतिक्रिया दिएका छन् ।
तपाइँको प्रतिक्रिया