सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

कावासोतीमा प्लाज्मादान कार्यक्रम सम्पन्न

  •  | १९ आश्विन २०७७, सोमबार १९:०४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • कावासोती, असोज १९ । कावासोतीमा प्लाज्मा दान(रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस कोभिड १९ अनुगमन उपसमिति नवलपुरको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा कोरोना संक्रमित भई निको भएका निसंक्रमितहरुको रगत संकलन गरी प्लाज्मा निकाल्ने उद्येश्यका साथ कार्यक्रम आयोजना गरिएको अनुगमन समितिका संयोजक सुरज गुरुडले जानकारी दिनुभयो । नेपाली काँग्रेस केन्द्रिय समितिकाले गठन गरेको कोभिड १९ अनुगमन उपसमितिले कावासोतीको स्वस्तिक पार्टी प्यालेसको सभा हलमा सम्पन्न गरेको प्लाज्मा दान कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकास शरण महतको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिला संग्रौला , गण्डकी प्रदेशका प्रदेश शभाका प्रतिपक्ष दलका नेता माननीय कृष्ण चन्द्र नेपाली , गण्डकी प्रदेश सभाका माननीय एवं नेपाली काँग्रेस नवलपुर जिल्लाका जिल्ला सभापति विष्णु लामिछाने , संविधान सभाका सभाषद महेन्द्रध्वज जि शि , जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आले , नेपाली काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, रजहर प्राकृतिक चिकित्सालय का निर्देशक विनोद पौडेल लगायतका अतिथिहरु रहनुभएको थियो ।

    कार्यक्रममा विद्युतिय माध्यम जुममा जोडिनुभएका प्रमुख अतिथि सहमहामन्त्री महतले कोरोनाका कारण एन्टीबोडी गुमाएकाहरुको लागि कार्यक्रम फलदायि बन्ने भन्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो । कार्यक्रमले कोरोनाका कारण कुनै पनि मानिसले ज्यान फाल्न नपरोस भन्दै आफूहरुले नेपालमै प्लाज्मा संकलनको लागि यस प्रकारको कार्यक्रम गरेको र कार्यक्रमले नेपाल भरी सन्देश दिने कुरामा ढुक्क रहेको पनि अनुगमन समिति नवलपुरका संयोजक सुरज गुरुडले बताउनुभयो । त्यस्तै कार्यक्रममा आफ्नो कोरोना निको भएर घर बस्नु भएका सबैलाई यस प्रकारको कार्यक्रममा सहभागि हुन अनुरोध गर्दै रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले प्लाज्माले जीवन दान गर्ने बताउनुभयो । उहाँले प्लाज्मा कोरोनाको कारण विरामी पर्नुभएका सबैका लागि निकै उपयोगी भएको डा पौडेलको भनाई थियो ।कारोनालाई जितेर आएका निशंक्रमित मानिसहरुको रगतले कुनै गम्भीर संक्रमितहरुको ज्यान जोगाउँछ भने यस्ता कार्यक्रममा किन भाग नलिने ? साथै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई जित्नका लागि आवश्यक पर्ने एन्टीवोडीको लागि प्लाज्मा थेरापी निकै उपयोगी बन्दै गइरहेको सन्दर्भमा प्लाज्मादान कार्यक्रम आयोजना गर्न सबै सम्बन्धीत पक्षले ध्यान दिने की ?

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    पोखरामा जीप दुर्घटना ….
    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो
    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!

    ताजा अपडेट

    पोखरामा जीप दुर्घटना ….

    ४,माघ पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु र सात जना...

    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

    माघ, ३ विकेटकिपर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप...

    • कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!
    • सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’!!!
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.